×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अब स्वर्णिम दिनहरु आउनेछन्:सभापति रबि

अब स्वर्णिम दिनहरु आउनेछन्:सभापति रबि

काठमाडौँ- बिहीबार नेपाली कांग्रेस परित्याग गरेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाल स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनमा तनहुँ १ मा प्रारम्भिक उम्मेदवार बनाएको छ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ १ बाट अर्थशास्त्री वाग्लेसँगै ईश्वर लामिछाने र डा. रुपक बिक घिमिरेलाई प्रारम्भिक उम्मेदवार बनाएको हो।


रास्वपाले चितवन २ बाट रवि लामिछानेलाई उम्मेदवार बनाएको छ भने बारा २ बाट रमेश खरेल र युवराज उम्मेदवारलाई प्रारम्भिक उम्मेदवार बनाएको हो।

प्रारम्भिक उम्मेदवारी उपर शुक्रबार बिहान ११ बजेसम्म दाबीविरोध गर्न पनि रास्वपाले समय दिएको छ।

वाग्लेले रास्वपा प्रवेश गरेसँगै रास्वपाका प्रमुख रवि लामिछानेले आफ्नो खुसी सामाजिक सञ्जालमा छचल्क्याएका छन्।

उनले लेखेका छन्- ‘मेरा गोडामा काँडा बिझेका थिए। म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।’

उनले उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रबाट चुनाव जित्ने सपना पनि सामाजिक सञ्जालमा व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्