×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

षड्यन्त्र शास्त्रका पर्दा साँझसम्म खुलिसक्छन् : गोकुल बाँसकोटा

षड्यन्त्र शास्त्रका पर्दा साँझसम्म खुलिसक्छन् : गोकुल बाँसकोटा

काठमाडौं- पूर्व सञ्चार मन्त्री तथा नेकपा एमालेका नेता गोकुल बाँसकोटाले षड्यन्त्र शास्त्रका पर्दा शुक्रवार साँझसम्म खुलिसक्ने प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर सहित विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति निवास पुगेसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटर मार्फत यो अवस्थामा राजनीति शास्त्र हाबी हुनु अनिवार्य भएको प्रतिक्रिया दिएका हुन् । उनले भने ‘षडयन्त्र शास्त्रका पर्दा  साँझसम्म खुलिसक्छन् र राजनीति शास्त्र हाबी हुनु अनिवार्य छ।’

यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संविधानको धारा ७६ ९५० बमोजिमको राष्ट्रपतिले गरेको नयाँ सरकार गठनका आह्वानमा दाबी प्रस्तुत गरेका छन् ।

उनले १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेस गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्