×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

बटलरको शतकमा दिल्लीलाई हराउदै राजस्थान रोयल्स शिर्ष स्थानमा

बटलरको शतकमा दिल्लीलाई हराउदै राजस्थान रोयल्स शिर्ष स्थानमा

काठमाडौं - ओपनर जोस बटलरले शतकीय इनिङ खेलेपछि  इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ ।

राजस्थानले दिएको २२३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २०७ रन बनाएपछि खेल १५ रनले हारेको हो ।

दिल्लीका लागि कप्तान ऋषव पन्तले सर्बाधिक ४४ रन बनाए भने पृथ्वी शा र ललित यादवले ३७-३७ रन बनाए । त्यस्तै डेभिड वार्नरले २८, रोभमन पावेलले ३६ र श्रदुल ठाकुरले १० रन बनाए ।

त्यसैगरी राजस्थान रोयल्सका बलर प्रसिद्ध कृष्णले ३ विकेट लिए भने आर आश्विनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा २ विकेट गुमाउदै २२२ रन बनाएको थियो । राजस्थानका लागि यस आइपिएलमा तेस्रो सतक प्रहार गरेका जोस बटलरले ११६ रन बनाएका थिए । त्यसति देवदत्त पाडिकलले ५४ रन बनाए भने कप्तान सन्जु सामसनले अविजित ४६ रन बनाए । 

यो जितपछि राजस्थान रोयल्सले ७ खेलमा पाँचौ जित हासिल गरेको छ र १० अंकसहित अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दिल्लीको ७ खेलमा चौथो हारसहित ६ अंक रहेको छ र अंकतालिकामा छैटौं स्थानमा रहेको छ । 

प्रतिकृया दिनुहोस्