×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सहरी विकासमन्त्री झाँक्री अस्पतालबाट डिस्चार्ज

सहरी विकासमन्त्री झाँक्री अस्पतालबाट डिस्चार्ज

काठमाडौँ- सहरी विकासमन्त्री रामकुमारी झाँक्री एक साताको उपचारपछि अस्पताल बुधबार डिस्चार्ज भएकी छिन् । निमोनिया सङ्क्रमण भएपछि उनी एक साताअघि वीर अस्पताल भर्ना भएकी थिइन् । सामाजिक सञ्जालमार्फत उनले उपचारपश्चात् बुधबार अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी छिन् । अस्पतालमा रहँदा आफ्नो उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, सुरक्षाकर्मी, मन्त्रालयका कर्मचारीलगायत स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति उनले आभार प्रकट गरेकी छिन् ।

सङ्क्रमणको उच्च जोखिम कायम रहेकोले चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको उनले जानकारी गराएकी छिन् ।

 

प्रतिकृया दिनुहोस्