×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओली सरकारले एसपीपी सम्झौता गर्‍यो, तर हामी कुनै सैन्य सम्झौता गर्दैनौँ : प्रचण्ड

ओली सरकारले एसपीपी सम्झौता गर्‍यो, तर हामी कुनै सैन्य सम्झौता गर्दैनौँ : प्रचण्ड

काठमाडौँ- सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले कुनै सैन्य सम्झौता नगर्ने स्पष्ट पारेका छन् । बिहान पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले कुनै सैन्य सम्झौता नहुने स्पष्ट पारेका हुन् ।

अरू देशसित कुनै सैन्य सम्झौता गर्ने पक्षमा आफूहरू नरहेको उनको भनाई छ । ‘एसपीपी भन्ने हुँदै छ रे, सैन्य सम्झौता हुँदै छ रे भनेर प्रचार गरिएको छ, विल्कुल झुटो हो,’ उनले भने, ‘म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्रीसँग र गठबन्धनमा हाम्रो भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन । त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन, यो घोषणा म यहाँबाट गर्न चाहन्छु ।’

उनले सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताए । ‘एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यो कुरा हामी सबैले बुझ्न जरुरी छ ।’

प्रतिकृया दिनुहोस्