×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इटाली युरो कपको अन्तिम १६ मा

इटाली युरो कपको अन्तिम १६ मा

काठमाडौँ: युरोकप अन्तर्गत इटालीले स्वीट्जरल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

इटालीका लागि म्यानुएल लोकेटेल्लीले २६औँ र ५२औँ मिनेटमा र सिरो इम्मोबिलले ८९औँ मिनेटमा गोल गरे । समूह ए मा रहेको इटालीले अघिल्लो खेलमा पनि टर्कीलाई ३-० ले नै हराएको थियो । स्वीटजरल्याण्डले वेल्ससँग १-१ को बराबरी खेलेको थियो ।

यो जितसँगै इटाली युरो कपमा अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ । अब इटालीले वेल्ससँग खेल्न बाँकी छ । ​

प्रतिकृया दिनुहोस्