×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

न्यायपरिषदको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

न्यायपरिषदको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा ‘न्यायपरिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेस भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो प्रतिवेदन पेस गरेकी हुन् ।

यस्तै प्रतिनिधिसभाका सचिव गोपाल नाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित विभिन्न तीन वटा विधेयक टेबल गरे। ती विधेयकमा ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’, बीमा विधेयक, २०७९’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ छन् । 

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक आजै ३० मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस्