काठमाडौं - भिजन लुम्विनी उर्जा कम्पनिले आईपिओ जारी गर्ने निति साधारण सभावाट पारित गरेको छ । कम्पनिको पौष २७ गते बुधवार बसेको तेस्रो बार्षिक साधारण सभावाट यस्तो प्रस्ताव पारित भएको हो । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा २५ मेघावाटको सेतिनदि जलविद्युत आयोजनाको प्रबर्दक कम्पनि भिजन लुम्विनी उर्जा कम्पनिले साधारण सभावाट पारित गरेको उक्त प्रस्तावलाई अब जति सक्दो चांडो कार्यन्वयनका लागी थप प्रक्रिया अगाडी बढाईने कम्पनिका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी गराउनु भएको छ । कम्पनिका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेलको अध्यक्षतामा सेमि–भर्चुअल जुम प्रविधीको माध्यमवाट सम्पन्न गरिएको साधारण सभामा प्रमुख अतिथी पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले जुमको माध्यमवाट उद्घाटन गर्दै सभालाई सम्वोधन गर्नुभएको छ। सम्वोधनका क्रममा पुर्व अर्थमन्त्री डा. खतिवडाले नेपालमा जलबिद्युत र उर्जाको अपार संभाबना रहेकोले चुस्त र समयमै काम गर्ने पद्धतिको बिकास गर्न जरुरी रहेको बताउनुभएको छ । भिजन लुम्विनीले गरेको नौलो अभ्यासको प्रशंसा गर्दै उहांले सानो सानो पूंजी एकिकृत गरेर ठुला ठुला जलबिद्युतको परियोजना चलाउनु सकारात्मक रहेको बताउनुभएको छ ।
साधारण सभामा बिशिस्ट अतिथि स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य , प्रमुख सल्लाहकार गणेश कुमार श्रेष्ठ ,वित्तीय सल्लाहकार नारायण पौडेल, सल्लाहकारहरु गोपाल पोखरेल,वासुदेव अधिकारी,सोसल डाईरेक्टर बोम बहादुर गुरुङ,एचआइडिसिएल प्रतिनिधि सञ्चालक वासुदेव भण्डारी, प्रोजेक्ट डाइरेक्टर लेखनाथ पाण्डे, कर्पोरेट लगानीकर्ता शाईन रेशुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल ,सञ्चालकहरु दुर्गा सुवेदी, बिनोद ज्ञवाली, भिजन लुम्बिनीको तर्फबाट कुलबहादुर केसी, सन्तोष पोखरेल लगायतले मन्तव्य दिनुभएको थियो ।
साधारण सभामा अध्यक्ष पोखरेलले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदन र कम्पनिका सिए दिवाकर गिरीको आर्थिक प्रतिबेदन सर्वसहमतीमा पारित भएको छ । कम्पनी सचिव मीन प्रसाद ढकाल संचालन गर्नुभएको सभामा कम्पनिको हरेक कृयाकलापमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै लक्ष्मण गैह्रे, र उत्कृष्ट कर्मचारी दिपक बिसी (कुशल) लाई दोसल्ला र प्रशंसापत्रले सम्मान समेत गरिएको छ ।