×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अख्तियारको डण्डा: पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोडको भ्रष्टाचार मुद्दा, सांसद पद चैट

अख्तियारको डण्डा: पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोडको भ्रष्टाचार मुद्दा, सांसद पद चैट

काठमाडौं - नेपालको राजनीतिमा तरंग ल्याउँदै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचारको भूमरीमा तानिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा अध्यक्ष नेपालविरुद्ध पतञ्जली योगपीठको जग्गा हिनामिना प्रकरणमा मुद्दा ठोकेको हो।


अख्तियारले नेता नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुलउपर हुनुपर्ने मागदाबी गरेको छ। 


के थियो जग्गा काण्ड?
यो प्रकरण त्यतिबेलाको हो, जब माधवकुमार नेपाल २०६६ सालमा प्रधानमन्त्रीको कुर्सीमा थिए। उनको मन्त्रिपरिषदले काभ्रेस्थित पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिने विवादास्पद निर्णय गरेको थियो। पछि सोही जग्गा गैरकानूनी रूपमा बिक्री वितरण भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिनको डोरी तानेको थियो। यही अनुसन्धानका क्रममा अख्तियारले अध्यक्ष नेपाललगायतसँग बयानसमेत लिएको थियो।


९३ जना अख्तियारको फन्दामा!
यो जग्गा घोटालामा नेता नेपाल एक्लै छैनन्। अख्तियारले उनीसहित तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलगायत कुल ९३ जनालाई भ्रष्टाचारको जालोमा तानेको छ। यी सबै विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।


सांसद पद चट्!
अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएसँगै पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सांसद नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। यस घटनाले राष्ट्रिय राजनीतिमा नयाँ तरंग र बहस सिर्जना गरेको छ।

प्रतिकृया दिनुहोस्