×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

अश्लील चलचित्र बनाएको आरोपमा राज कुन्द्रा पक्राउ

अश्लील चलचित्र बनाएको आरोपमा राज कुन्द्रा पक्राउ

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लील चलचित्र बनाएर एप मार्फत सार्वजनिक गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

यसै वर्ष फेब्रुअरीमा उनी विरुद्ध अश्लील चलचित्र बनाएको र रिलिज गरेको भन्दै उजुरी दर्ता भएको थियो । यसै मामिलामा कुन्द्रा मुख्य आरोपीको रूपमा पक्राउ परेका हुन् । कुन्द्रा विरुद्ध आफूसँग पर्याप्त प्रमाण भएको र उनलाई सोधपुछ गरिरहेको मुम्बई पुलिसले बताएको छ ।  मेडिकल परीक्षणपछि उनलाई आज मङ्गलबार कोटमा पेस गरिनेछ ।

यस मामिलामा पुलिसले विभिन्न ठाउँमा छापा मारेर पहिले नै ४ व्यक्ति पक्राउ गरिसकेको छ । पक्राउ आरोपीको बयान अनुसार र टेक्निकल प्रमाणको आधारमा कुन्द्रालाई पक्राउ गरिएको हो । एजेन्सी

प्रतिकृया दिनुहोस्