×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, १४औँ महाधिवेशनमा पेस गरिने तीन प्रस्ताव पारित

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, १४औँ महाधिवेशनमा पेस गरिने तीन प्रस्ताव पारित

काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रवारदेखि सुरु हुन लागेको काँग्रेसको १४औँ महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदन पारित गरेको छ । 
बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखासम्बन्धी प्रतिवेदन र नीति तथा अनुसन्धानसम्बन्धी प्रतिवेदनलाई पारित गरेको हो ।
बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकपछि विधान सम्बन्धमा जति पनि निर्णय भएका छन् तिनलाई पनि केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने निर्णय भएको जानकारी दिनुभयो । 
बैठकमा शुक्रवारदेखि सुरु हुने पार्टीको महाधिवेशनको तयारीलगायत विषयमा छलफल भएको जानकारी प्रवक्ता शर्माले दिनुभयो । 
प्रवक्ता शर्माले महाधिवेशनमा भारतीय जनता पार्टी र कङ्ग्रेस आईका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको जानकारी दिनुभयो । 
उहाँले शुक्रवार महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र यसलाई चुस्त र व्यवस्थित रुपमा सम्पन्न गर्ने गरी तयारी भएको जानकारी पनि दिनुभयो । 
आजको बैठकमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित हुनुभएको बुझिएको छ ।
 

प्रतिकृया दिनुहोस्