×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आठ दलद्वारा प्रदेशसभामा समानुपातिक निर्वाचन सूची दर्ता

आठ दलद्वारा प्रदेशसभामा समानुपातिक निर्वाचन सूची दर्ता

काठमाडाैँ- विभिन्न आठ राजनीतिक दलले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन सूची दर्ता गराएका छन् । आयोगले अपराह्न ४ः३० बजे उपलब्ध गराएको तथ्याङ्कअनुसार ती दलले प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता गराएका हुन् । 

प्रदेश १ मा तीन, मधेसमा दुई, बागमतीमा तीन, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिममा तीन पार्टीले सूची गर्दा गराएका छन् । आयोगका अनुसार राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, किराँत खुम्बुवान साझा पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी नेपाल र ताम्सालिङ लोकतान्त्रिक पार्टीले समानुपातिक निर्वाचन सूची दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस्