×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पौडेलले कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने

पौडेलले कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । आगामी मंसिर ९-१३ मा हुने १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने पौडेलको तयारी छ । केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारीमा आफू रहेको पौडेलले जानकारी दिए । १३ औँ महाधिवेशनमा खुलाबाट निर्वाचित २५ जनामध्ये १७ सय ९ मतसहित ५औँ नम्बरमा निर्वाचित भएका पौडेलले १४औँ महाधिवेशनमा महामन्त्री बन्ने योजना बनाएका हुन् ।

कांग्रेसभित्र तेस्रो धारका रुपमा रहेको कृष्णप्रसाद सिटौला समूहबाट उनी महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन् । सिटौलाले १४औँ महाधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।  सिटौलाले प्रदीपलाई महामन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।

यसअघि नेता गगन थापाले पनि महामन्त्रीमा उम्मेदवारी दिने भनी घोषणा गरिसकेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस्