×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान

आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान

काठमाडौं-आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन् । उनका अनुसार भोलि भने लगातारजसो पानी पर्ने सम्भावना छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सर्ने सम्भावना रहेकाले भोलि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको उनले जानकारी दिए । भोलि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

केही दिन मनसुन सक्रिय रहने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन आग्रह पनि गरेका छन् । 

प्रतिकृया दिनुहोस्