×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बेपत्ता स्वास्थ्यकर्मी मृत फेला

बेपत्ता स्वास्थ्यकर्मी मृत फेला

काठमाडौँ- हुम्लामा एक स्वास्थ्यकर्मी मृत भेटिएका छन् । गतको शुक्रबारबाट बेपत्ता भएका ताँजकोट गाउँपालिका- ४ का १९ वर्षीय जीवन बोगटी मृत भेटिएका हुन् । 

स्वास्थ्य संस्थादेखि घर फर्केका बोगटी सोमबार बेलुका सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छप्रेला प्रहरी चौकीका इन्चार्ज बलिभद्र पनेरुले जानकारी दिए । बोगटी चार दिनपछि ताँजकोट -३ स्थित रानीवन भन्ने जंगलमा झुण्डीएको अवस्थामा फेला परेका हुन् ।

फेज नेपाल संस्थाको तर्फबाट मैला स्वास्थ्य चौकीमा कार्यरत बोगटी शुक्रबार घर जाने भन्दै स्वास्थ्य संस्थाबाट निस्केको भएपनि घर नपुगेपछि खोजि गरिएको थियो । स्वास्थ्यकर्मी बोगटीले के कारणले आत्महत्या गरे भन्ने बारेमा केहि थाहा नभएपछि त्यसको अनुसन्धान भैरहेको छप्रेला प्रहरी चौकीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्