×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

‘कबड्डीको ४’ युट्युबमा, भिडिओ राख्नेविरुद्ध कारबाहीमा जान्छाैं: वितरक गाेविन्द शाही

‘कबड्डीको ४’ युट्युबमा,  भिडिओ राख्नेविरुद्ध कारबाहीमा जान्छाैं: वितरक गाेविन्द शाही

काठमाडौँ- असोज ३ गते शुक्रबारबाट ‘कबड्डी ४’ हलमा लागेसँगै यसले आक्रामक व्यापार गरिरहेको छ।  तर  हलभित्रैबाट फिल्मका दृश्यहरु मोबाइलमा कैद गरेर टिकटकमा र युट्युबमा अपलोड गर्ने क्रम विकराल रुपमा बढेको छ । दर्शकहरुले खुल्लमखुल्ला फिल्मको महत्त्वपूर्ण दृश्य मोबाइलमा खिचेर हलबाटै टिकटकमा अपलोड गरिरहेका छन् ।

‘कबड्डी ४’ को सबै टिम हलहलमा पुगेर दर्शकहरुलाई फिल्मका किल्पहरु नहाल्न अनुरोध गरेका थियौ त्यति गर्दा गर्दै पनि फिल्महरु बाहिरएि पछि निकै समस्या फिल्म ‘कबड्डी ४’ले भोगिरहेको कबड्डी ४ चलचित्रका वितरक गोविन्द शाहीले इन्द्रेणी टाइम्स संग भने  । उनले भने यसबारेमा हामीहरुले  देशभरका हलहरुलाई मेल पठाउँदै  दर्शकहरुलाई पनि संयमित हुन आग्रह गरेका समेत गरेउ र गरिरहेको छौ । तर पनि यसरी फिल्महरु बाहिरिएपछि साइबरब्युरो गई कानुनी उपचारमा जादैँ छौँ । युट्युबमा फिल्मको क्लाइमेक्सको दृश्य, दोश्रो हाफको पुरै दृश्य भेट्न सकिन्छ । जसले चलचित्रको बाँकी सातासँगै विदेशी व्यापारमा समेत असर गर्ने देखिन्छ।

चलचित्र ‘ए मेरो हजुर ३’ पछि हलमा लागेका कुनैपनि सिनेमाले दर्शक हलमा तान्न सकेका थिएनन्।यो चलचित्रले मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाएको छ।   पहिलो दिन नै आक्रामक ओपनिङ गरेको ‘कबड्डी ४’ ले दोस्रो दिन पनि हाउसफुल भएर कीर्तिमान बनाएको हो । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । ‘कबड्डी ४’, ‘कबड्डी’को अन्तिम सिरिज हो ।

प्रतिकृया दिनुहोस्