×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ४० जनामा कोरोना संक्रमण, १९ जना डिस्चार्ज

थप ४० जनामा कोरोना संक्रमण, १९ जना डिस्चार्ज

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८४७ जनाको पीसीआर परीक्षणमा ३४ जना र १ हजार १६३ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा १९ जना निको भएका छन् भने कसैको मृत्‍यु भएको छैन । हाल देशभर ३४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३४४ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३५४ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्