×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अध्यक्ष ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

अध्यक्ष ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ । बिहीबार अनेरास्ववियूले झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै तत्कालिन प्रधान मन्त्री ओली र तत्कालिन भूमि व्यवस्थामन्त्री पद्मा अर्यालविरुद्ध उजुरी दर्ता गरेको हो । 

त्यस्तै स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमिता भएको भन्दै सिसिएमसीका तत्कालिन संयोजक इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध पनि उजुरी दर्ता गरिएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए । त्यस्तै भिजिट नेपाल २०२० मा विदेशीहरुलाई व्यापक रुपमा भित्राउने उदेश्यले प्रचार प्रसारका लागि राज्यकोषको करौडौको रकम हिनामिना भएको भन्दै तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईविरुद्ध पनि उजुरी दर्ता गरिएको उनले बताए । अनेरास्ववियूका तर्फबाट बागमति प्रदेश कमिटी संयोजक दीपक बुढाथोकीले उजुरी दर्ता गरेका हुन् ।

प्रतिकृया दिनुहोस्