×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यी १४ जिल्लामा कोरोनाको उच्च जोखिम

यी १४ जिल्लामा कोरोनाको उच्च जोखिम

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका १४ जिल्लामा कोरोना भाइरस संक्रमण दरमा वृद्धि भएको जनाएको छ । बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले पछिल्ला दिनमा संक्रमण दर बढेको बताएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, रुकुम पश्चिम र दैलेख, सुदूरपश्चिम प्रदेशको डोटी र बाजुरामा थप संक्रमण वृद्धि भएको बताइएको छ ।

४३ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० बढी रहेको प्रवक्ता पौडेलले जानकारी दिएका हुन् । कूल पीसीआर परीक्षणमध्ये संक्रमण दर १८.९ प्रतिशत पुगेको मन्त्रालयको तथ्यांङ्क रहेको बताइएको छ ।

कोरोना भाईरस वृद्धिदर भएका जिल्लामा उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्