×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मेस्सीले जिते बालोन डी'ओर अवार्ड

मेस्सीले जिते बालोन डी'ओर अवार्ड

काठमाडौं - स्टार फुटबलर लियोनल मेस्सीले कीर्तिमानी आठौंं पटक बालोन डी ओरको अवार्ड हात पारेका छन् ।

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालाण्डलाई पछि पार्दै मेस्सीले अवार्ड हात पारेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका मेस्सीले करियरको आठौं बालोन डी ओर हात पारेका हुन् । 

मेस्सीलाई यस वर्षको अवार्डको मुख्य दाबेदार मानिएको थियो । पेरिसमा सोमबार राती फुटबल लिजेण्ड डेभिड बेकह्यामले मेस्सीलाई अवार्ड हस्तान्तरण गरेका थिए । 

सिटीका फरवार्ड हालाण्ड दोस्रो स्थानमा रहे भने पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड केलियन एमबाप्पे तेस्रो स्थानमा रहे । केभिन डी ब्रुएन चौथौं र रोड्री पाँचौं स्थानमा रहे ।

सन् २०२२ को विश्वकपको उपाधि यात्रामा मेस्सीले सबै नकआउट म्याचमा गोल गरेका थिए । क्लब फुटबलमा पीएसजीलाई लिग वान जिताउन १६ गोल र १६ गोलको अवसर सिर्जना गरेका थिए । मेस्सीपछि रोनाल्डोले सर्वाधिक ५ पटक यो अवार्ड जितेका छन् ।

हालाण्डलाई समेत यस पटक अवार्डको मुख्य दाबेदार मानिएको थियो । गत सिजन सिटीका लागि ५२ गोल गरेका हालाण्डले क्लबलाई ऐतिहासिक ट्रेबल उपाधि जिताएका थिए ।

मेस्सी अहिले एमएलएस क्लब इन्टर मियामीबाट ब्यवसायीक फुटबललाई अघि बढाईरहेका छन् ।

प्रतिकृया दिनुहोस्