×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आहा रारा गोल्डकपको फाइनलमा संकटा र अफ्रिकन रुट्स भिड्ने

आहा रारा गोल्डकपको फाइनलमा  संकटा र अफ्रिकन रुट्स  भिड्ने

काठमाडौं -  १९ औं संस्करणको आहा–रारा गोल्डकप फुटबलको फाइनलमा संकटा क्लब र अफ्रिकन रुट्स एसोसिएसन भिड्ने भएका छन् ।
 बिहिबार सम्पन्न  अन्तिम सेमिफाइनल खेलमा अफ्रिकन रुट्सले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गरेपछि फाइनलमा संकटा क्लबसँगको भेट पक्का गरेको हो। 
संकटा क्लब यस अघि नै नेपाल एपीएफ क्लबसँग २–० अन्तरको जित निकाल्दै फाइनलमा पुगेको थियो । दुवै टिम पहिलोपटक फाइनलमा पुगेका हुन् ।
सनिबार हुने फाइनल खेलको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ हात पार्नेछ ।

यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्