×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

३९१५ संक्रमित थपिए, २११८ जना कोरोनामुक्त

३९१५ संक्रमित थपिए, २११८ जना कोरोनामुक्त

। नेपालमा शुक्रबार थप ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ११ हजार ७०८ पीसीआर परीक्षणका क्रममा २ हजार ७ सय ६३ र ६ हजार ८ सय ७४ एन्टीजेन परीक्षणका क्रममा १ हजार १ सय ५२ पुगेको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २ हजार ५६६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा १० हजार २ सय ३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ हजार १ सय १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ७९ हजार ४९५ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३८ हजार ७९८ सक्रिय संक्रमित आइसोलेसन र ४३९ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३७ लाख ४० हजार ८१७ वटा पिसिआर र ३ लाख ८६ हजार ९२९ वटा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्