काठमाडौं महानगरले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई काेराेनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएकाे छ । १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरूलाई खोप दिइने महानगरले जनाएकाे हाे ।
यस्तै शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने भएकाे छ । महानगरका अनुसार खाेप अभियान महानगरका ३२ वटै वडामा भदाै ४, ५, र ८ गते सञ्चालन हुने छ ।