×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गच्छदार, पाण्डे, साह, जोशीसहित ९ जनाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा रिट

गच्छदार, पाण्डे, साह, जोशीसहित ९ जनाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा रिट

काठमाडौँ- आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको मागसहित सर्वोच्च अदालतमा रित निवेदन दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले रिट निवेदन दर्ता गराएका हुन् । 

सुनसरी–३ मा कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार, तनहुँ १ बाट स्वतन्त्र उम्मेदवार बनेका गोविन्दराज जोशी र चितवन–३ का राप्रपा उम्मेदवार विक्रम पाण्डेविरुद्ध पनि भ्रष्टचार मुद्दा रहेकोले उनीहरुले प्रतिनिधि सभा सदस्यका लागि दिएको उम्मेदवारी खारेजीको माग गरिएको छ ।

त्यस्तै, सिन्धुपाल्चोक १ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सूचीमा रहेका, महोत्तरी १ कि उम्मेदवार लक्ष्मी महतो सशस्त्र प्रहरी बलका जवान थमन विकको हत्या मुछिएको भन्दै उनीहरुको पनि उम्मेदवारी खारेजीको माग गरिएको छ ।

रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह वीरगञ्जका काशी तिवारी हत्यामा जोडिएको र उनको मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता लिएको पनि रिटमा उल्लेख छ ।

त्यस्तै, सरिता गिरी, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता भएको हो । नेता सरिता गिरिले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे विवादित अभिव्यक्ति दिएको र झापा ५ (ख) का उम्मेदवार रेवतराज पुरी सरकारी जग्गा खाएको मुद्दा खेपिरहेकाले उनीहरुको उम्मेदवारी खारेजीको माग गरिएको छ । रिटमाथि असोज ३० गते सुनुवाइ हुने भएको छ ।

प्रतिकृया दिनुहोस्