×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

छोराछोरी नभएकी विधवाले अर्को बिहे गरे पूर्वपतिको सम्पत्ति आफ्नै हुने कानुन खारेज

छोराछोरी नभएकी विधवाले अर्को बिहे गरे पूर्वपतिको सम्पत्ति आफ्नै हुने कानुन खारेज

अंश पाएकी विधवाले अर्को बिहे गरे उक्त सम्पत्ति आफैँले राख्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

काठमाडौँ - सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२) बदर गर्ने फैसला गरेको हो ।

महिला कानुन विकास मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता मिरा ढुङगाना समेले दायर गरेको रिटमा सर्वोच्चले रिट जारी गरेसँगै अब कुनै विधवाले आफ्नो नाममा भएको सम्पत्ति सँगै लैजान पाउनेछिन् ।

मुलुकी देवानी संहिता २१४ को २ मा विधवाले अर्को विवाह गरे निजले अंशबापत पाएको सम्पत्ति अघिल्लो पतितर्फ छोराछोरी भए त्यस्ता छोराछोरीले र नभए निज आफैँले लिन पाउने व्यवस्था थियो ।

#indrenitimes #nepallaw 

प्रतिकृया दिनुहोस्