इरानमा कट्टरपन्थी नेता इब्राहिम रईसी राष्ट्रपति निर्वाचित भएका छन्। उनी राष्ट्रपति बन्दा इजरालयलाई भने तनाव बढेकाे छ।
इजरायलकाे विदेश मन्त्रालयका प्रवक्ता लियोर हाइयातले रईसी अहिलेसम्मकै सबैभन्दा कट्टरपन्थी राष्ट्रपति रहेकाे टिप्पणी गरेका छन्। रईसीले इरानमा परमाणु गतिविधिलाई बढवा दिने उनले दाबी गरेका छन्।
रईसी अगस्टबाट इरानकाे राष्ट्रपतिकाे पदभार ग्रहण गर्नेछन्। उनी वरिष्ठ न्यायाधीश हुन् जाे रूढिवादी विचारधारा अंगाल्छन्। राजनीतिक कैदीलाई मृत्युदण्डको सजायकाे फैसला पनि उनले गरेकाे दाबी गरिन्छ। उनीमाथि अमेरिकी प्रतिबन्ध लागू छ।
इरान र इजरायलबीच लामाे समयदेखि छद्म युद्ध चलिरहेकाे छ। यसमा दुबै देश एक अर्काविरुद्ध जवाफी कारबाही गर्दै आएका छन्। यद्यपि हालसम्म दुबै देश पूर्णकालीन युद्धबाट बच्दै आएका छन्। केही महिना अघि मात्र यी दुबै देशबीच तनाव बढेकाे थियाे।
दुबै देशबीच परिस्थिति धेरै जटिल छ तर तनावसँग जाेडिएकाे अर्काे विषय इरानकाे परमाणु कार्यक्रम पनि हाे। इरानले पछिल्लाे वर्ष भएकाे आफ्नाे शीर्ष परमाणु वैज्ञनिककाे हत्या र याे वर्षकाे अप्रिलमा भएकाे परमाणु संयन्त्रमा भएकाे आगजनीलाई इजरायलमाथि दाेष थुपार्दै आएकाे छ।
इजरायलकाे भनाइ छ इरानकाे परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि हाेइन। परमाणु कार्यक्रमकाे उद्देश्य परमाणु हतियार बनाउने रहेकाे इजरायलले दाबी गर्दै आएकाे छ।
इरान र पश्चिमा देशीच सन् २०१५ मा एक परमाणु सम्झाैता भएकाे थियाे। त्यसपछि इरानमाथि लागेका कडा प्रतिबन्ध हटाइएकाे थियाे।
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा अमेरिकालाई यस सम्झाैताबाट बाहिर राखेका थिए। र, इरानमाथि फेरि आर्थिक प्रतिबन्ध लगाएका थिए। नयाँ राष्ट्रपति जो बाइडनकाे सरकार फेरि सम्झाैतामा सहभागी हुने बाटाे खाेजिरहेकाे छ।
अमेरिकी प्रतिबन्धपछि इरानले परमाणु कार्यक्रम तीब्र बनाइरहेकाे छ। यद्यपि उसले परमाणु बम बनाउने क्षमता हासिल गरिसकेकाे छैन।
इरानकाे चुनावमा प्रतिक्रिया दिँदै अमेरिकाले भनेकाे थियाे- विडम्बना छ कि इरानका जनतालाई अझै पनि लाेकतान्त्रिक र निष्पक्ष ढंगबाट आफ्ना नेता चुन्न दिइएकाे छैन। बिबिसीबाट