×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज कर्णालीका ५ स्थानमा सम्बोधन गर्दै प्रचण्ड

आज कर्णालीका ५ स्थानमा सम्बोधन गर्दै प्रचण्ड

सुर्खेत- आज नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काले कर्णालीका विभिन्न ५ स्थानमा हुने सयुक्त गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दैछन् ।

आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी जुम्लामा आयोजना गरिएको चुनावीसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापती खड्काले सम्बोधन गर्नेछन् । 

जुन सभा जारी छ । कर्णाली प्रदेशका तीन जिल्लाका विभिन्न पाँच स्थानमा हुने वाम लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न गर्न अध्यक्ष प्रचण्डसहित नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्का पनि जुम्ला पुगेका हुन् ।

जुम्लाको शेरा खेत र सिंजामा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गरेर प्रचण्ड हुम्लाको सर्केगाडमा आयोजित सभालाई सम्बोधन गर्न जाने कार्यतालिका रहेको माओवादी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्।

त्यसपछि प्रचण्डले कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन्।

प्रतिकृया दिनुहोस्