×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कोशी प्रदेश

ट्याक्टरले ठक्कर दिदा विद्यार्थीको मृत्यु

ट्याक्टरले ठक्कर दिदा विद्यार्थीको मृत्यु

बिराटनगर - मोरङको उर्लाबारीमा आज बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका – ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा बिहा  साढे पाँच बजे ट्याक्टरले ठक्कर दिँदा उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थी निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ - ०१०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई  ठक्कर दिँदा उर्लाबारी ७ का २१ वर्षीय बानियाँको मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका – ६ का १९ वर्षीय मोहन तामाङलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस्