×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ला लिगा : रियल म्याड्रिडको सानदार जित

ला लिगा : रियल म्याड्रिडको सानदार जित

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-१ गोल अन्तरले पराजित गर्दै लिगमा लगातार दोस्रो जित हासिल गरेको हो । 

रियल म्याड्रिडको जितमा करिम बेन्जमा, लुका मोड्रीच, भिनिसियस जुनियर र फेडेरिको भाल्भेर्डेले एक एक गोल गरेका थिए । रियल म्याड्रिडका लागि इडेन हजार्डले एक पेनाल्टी मिस गरेका थिए ।

त्यस्तै सेल्टा भिगोका लागि लागो आसपासले एक गोल पेनाल्टी मार्फत गरेका थिए । रियल म्याड्रिडको यो जितपछि २ खेलमा ६ अंक भएको छ भने लिगमा शिर्ष स्थानमा रहेको छ । सेल्टा भिगोको २ खेलमा एक हार र एक बराबरीसहित एक अंक रहेको छ ।

प्रतिकृया दिनुहोस्