×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यु–२० महिला फुटबल : बङ्गलादेशले नेपाललाई हरायो

यु–२० महिला फुटबल : बङ्गलादेशले नेपाललाई हरायो

काठमाडौं - नेपालले साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमाआयोजक बंगलादेशसँग हार ब्यहोरेको छ  । शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बंगलादेशलाई जित दिलाउन शाहिदा अक्तर रिपाले दुई गोल गरिन् । मस्ट अक्लिमा खातुनले एक गोल गरिन् ।

नेपालका मनमाया दमाइले एक गोल गरिन् । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । बंगलादेशले भने पहिलो खेलमै ३ अंक जोडेको छ ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिकृया दिनुहोस्