×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अटाेमाेवाइल्स

नेपालमा उपलब्ध कम मूल्य र मेन्टिनेन्स खर्च कम लाग्ने ५ मोटरसाइकल (मूल्यसहित)

नेपालमा उपलब्ध कम मूल्य र मेन्टिनेन्स खर्च कम  लाग्ने ५ मोटरसाइकल (मूल्यसहित)

काठमाडौं - नेपाली बजारमा विक्री हुने धेरैजसो मोटरसाइकलको मूल्य २ लाख ५० हजार नजिक पुगेको छ । २ बर्ष अघि नेपालमा विक्री हुने अधिकांस १५० सीसीका मोटरसाइकलको मूल्य २ लाख ५० हजार रुपैयाँभन्दा कम रहेको थियो । विगत २ वर्षयता विभिन्न कारणले मोटरसाइकलको मूल्य आकाशिएको छ ।

नेपाली बजारमा होन्डा, बजाज, यामाहा, टीभीएस, हिरो जस्ता कम्पनीले १२५ सीसीका मोटरसाइकल विक्री गर्दै आएका छन् । यी कम्पनी मध्ये सबैभन्दा धेरै १२५ सीसीका मोटरसाइकल विक्री गर्ने कम्पनी होन्डा रहेको छ । होन्डा सीबी साइन नेपालीहरुको मनमा बसेको मोटरसाइकल हो ।

यस्तोमा नेपाली बजारमा उपलब्ध कम मूल्य र संचालन खर्च कम आउने विभिन्न ५ मोटरसाइकल यस प्रकार रहेका छन् ।

होन्डा साइन

स्याकार ट्रेडिङले नेपालमा विक्री गर्दै आएको होन्डा साइन दुई मोडल र ४ भेरियन्टमा विक्री हुँदै आएका छन् । जसमा सिबी साइन र सिबी साइन एसपी दुई मोडल हुन् ।

कम्पनीले विक्री गर्ने सबैभन्दा धेरै मूल्यको सिबी साइन एसपी डिएसएसको मूल्य २ लाख ६४ हजार ९०० रुपैयाँ रहेको छ । होन्डा सिबी साइनमा १२४.७३ सीसीको इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १०.१६ बीएच पावर प्रदान गर्छ । भारतीय अटोमोटिभ रिसर्च एजेन्सीका अनुसार यसले प्रतिलिटर ६५ किलोमिटर माइलेज दिन्छ ।

हिरो सुपर स्प्लेन्डर १२५

हिरोको नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल सुपर स्प्लेन्डर हो । सुपर स्प्लेन्डर नेपाली बजारमा १२५ सीसी क्षमतामा उपलब्ध रहेको छ । होन्डा सुपर स्प्लेन्डर १२५ मा १२४.७ सीसी इन्जिन रहेको छ । यसले ९ बीएच पावर तथा १०.३५ एनएम टर्क जेनेरेट गर्छ ।

हिरो सुपर स्प्लेन्डर १२५ को मूल्य २ लाख २० हजार रुपैयाँ रहेको छ ।

टीभीएस रेडर

टीभीएसले हालै मात्र नेपाली बजारमा सार्वजनिक गरेको नयाँ मोटरसाइकल रेडर १२५ सफल मोडल भइसकेको छ । कम्पनीले २ लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको मोटरसाइकल अहिले बजारमा पाउनै मुस्किल रहेको छ । कम्पनीले यसको बुकिङ लिइरहेको जनाएको छ । १२५ सीसी इन्जिन रहेको यो मोटरसाइकलले ११.३८ पीएस पावर तथा ११.२ एनएम टर्क जेनेरेट गर्छ । यसको माइलेज पनि उत्कृष्ट रहेको छ ।

बजाज पल्सर

बजाज पल्सर सिरिजको सबैभन्दा कान्छो मोटरसाइकल पल्सर १२५ को मूल्य अहिले २ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ । बजाज पल्सर १२५ मा १२४.४ सीसी इन्जिन रहेको छ । यसले ११.८ पीएस पावर तथा १०.८ एनएम टर्क जेनेरेट गर्छ । यसको पनि माइलेज निकै राम्रो रहेको छ ।

यामाहा सलुटो

यामाहाले नेपाली बजारमा बिक्री गर्दै आएको सबैभन्दा सस्तो मोटरसाइकल नै सलुटो हो । यामाहा सलुटो १२५ को मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । सलुटो १२५ यूबीएसमा एयरकुल्ड, ४ स्टोक, एसओएचसी, २ भल्व वेस ब्ल्युकोर इन्जिन दिइएको छ । यो इन्जिनले ८.३ पीएस पावर तथा १० एनएम टर्क जेनेरेट गर्छ ।

प्रतिकृया दिनुहोस्