×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीनकुने घटना आपराधिक हो, धर्मसँग नजोडियोस्: गृहमन्त्री लेखक

तीनकुने घटना आपराधिक हो, धर्मसँग नजोडियोस्: गृहमन्त्री लेखक

काठमाडौं - गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र हिंसालाई आपराधिक कार्यको संज्ञा दिँदै यसलाई कुनै धर्म वा आस्थासँग जोड्न नमिल्ने बताउनुभएको छ।

सोमबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उहाँले तीनकुनेमा गरिएको राजतन्त्रको वकालत नेपालको संविधानविपरीत भएको दाबी गर्नुभयो।
आपराधिक कार्यमा संलग्न जोसुकैलाई कडा कारबाही गरिने र पक्राउ परेकाहरूमाथि अनुसन्धान तथा अभियोजन भइरहेको उहाँले जानकारी दिनुभयो।

मन्त्री लेखकले हिन्दु धर्मले अहिंसा र शान्तिमा विश्वास गर्ने तर तीनकुने घटनामा त्यस्तो नदेखिएको बताउँदै धर्मलाई राजनीतिक वा आपराधिक कार्यका लागि प्रयोग गर्न नहुनेमा जोड दिनुभयो। सरकार यस्ता घटना हुन नदिन सचेत रहेको र घटनाको जिम्मेवारी आयोजकले लिनुपर्ने उहाँको भनाइ थियो।

उक्त घटनामा दुई जनाको ज्यान गएको थियो भने भौतिक संरचनामा क्षति पुगेको थियो।

प्रतिकृया दिनुहोस्