×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ट्रम्पले रोके हावर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना

ट्रम्पले रोके हावर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले प्रतिष्ठित हावर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ। विश्वविद्यालयको 'स्टुडेन्ट एक्सचेन्ज भिजिटर प्रोग्राम' (विद्यार्थी आदानप्रदान कार्यक्रम) निलम्बन गरिएको हो, जुन होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनको निगरानीमा थियो।


यो निर्णयले हावर्डमा अध्ययनरत हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीलाई असर गर्नेछ। गत शैक्षिक वर्षमा त्यहाँ ६,७०० भन्दा बढी (कुल विद्यार्थीको २७%) अन्तर्राष्ट्रिय विद्यार्थी थिए। होमल्याण्ड सेक्युरिटी मन्त्री क्रिस्टी नोएमका अनुसार, हार्वर्डले "कानूनको पालना गर्न नसकेकाले" कार्यक्रमको प्रमाणीकरण रद्द गरिएको हो।


हार्वर्डले भने यो कदमलाई 'गैरकानुनी' भन्दै १४० भन्दा बढी देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गर्न आफू प्रतिबद्ध रहेको र उनीहरूले विश्वविद्यालय र राष्ट्रलाई समृद्ध बनाउने बताएको छ।
यसैबीच, हावर्डले संघीय सरकारबाट पाउने अनुदान पनि तीन चरणमा रोकिएको छ। आर्थिक संकटको कारण विश्वविद्यालयका एलन गार्भरले पूर्व विद्यार्थीहरूसँग सहयोगको लागि अपिल गरेका छन्।
अस्ट्रेलियन विद्यार्थी सारा डेभिसले स्नातक हुनुभन्दा केही दिनअघि आएको यो खबरले धेरै भ्रम र अमेरिकामा भविष्यमा बस्न र काम गर्न सकिने वा नसकिने भन्नेमा अनिश्चितता थपेको बताइन्। स्विडेनका लियो गेर्डेनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई "ह्वाइट हाउस र हार्वर्ड बीचको युद्धमा पोकर चिप्सको रूपमा प्रयोग गरिएको" भन्दै यसलाई "अविश्वसनीय रूपमा अमानवीय" भनेका छन्।


बीबीसीका अनुसार, ट्रम्प प्रशासनले यसअघि पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको व्यक्तिगत भिसा कटौती गर्ने प्रयास गरेको थियो, जसले अमेरिकाभरिका विश्वविद्यालयहरूमा भ्रम सिर्जना गरेको थियो।

प्रतिकृया दिनुहोस्