×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोशी सरकारबाट बाहिरियो माओवादी

कोशी सरकारबाट बाहिरियो माओवादी

काठमाडौं - कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केहीबेरमा उनीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेका हुन् । 

उनीहरू राजीनामा बुझाउन मुख्यमन्त्री कार्यालय हिँडेका छन् । 

कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् । सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले आजै पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्