×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गृहको निर्देशनपछि २०० भन्दा बढी सुरक्षाकर्मी फिर्ता

गृहको निर्देशनपछि २०० भन्दा बढी सुरक्षाकर्मी फिर्ता

काठमाडौं - गृह मन्त्रालयको निर्देशनपछि देशभरका विभिन्न स्थानबाट २०० भन्दा बढी सुरक्षाकर्मी फिर्ता भएका छन् । मंगलबार गृह मन्त्रालयले बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोख्रेलले आजसम्म विभिन्न व्यक्तिका सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी फिर्ता भएको जानकारी दिए । उनले भने,’कतिपय सुरक्षाकर्मी जिल्लाबाट आउँदै छन् । फिर्ता हुने क्रमश: जारी रहने छन् । भोलि-पर्सी पनि सुरक्षाकर्मी फिर्ता हुनेछन् ।’

रबि लामिछाने गृह मन्त्री भए लगत्तै मन्त्रालयले सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको थियो । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस्