×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओली आइतबार कर्णाली आउँदै

ओली आइतबार कर्णाली आउँदै

सुर्खेत- नेकपा एमालेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली आउने भएका छन् । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा आइतबार गरिएको सभालाई सम्बोधन गर्न कर्णाली आउन लागेका हुन् । 

एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले एमाले हुम्लाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्नको लागि ओली कर्णाली आउन लागेको जानकारी दिए । उनका अनुसार अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेललगायतका नेताहरूको सहभागी रहने छन् ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरख बोगटीले आमसभामा आइतबार बिहान ११ बजे हुम्लाको सिमिकोटमा हुने जानकारी दिए । उनका अनुसार उक्त दिन दिउँसो २ बजेको समयमा हुम्लाकै अदानचुली गाउँपालिकामा कार्यक्रमको आयोजना गरिएको छ भने कार्यक्रमको लागि तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

प्रतिकृया दिनुहोस्