×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - गायक प्रकाश सपुतलाई कोरोना संक्रमण देखिएको छ । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले, आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् ।

उनले लेखेका छन्–‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिएँ । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ ।’


उनले, कोरोनालाई जित्न सकिन्छ भन्ने आत्मबल राख्न तर यसलाई सामान्य नठान्न पनि आग्रह गरेका छन् । उनले, लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ भनेर पनि उल्लेख गरेका छन् । 
यो महामारी चाडै नै टरेर जाने र जीवनको पुरानै लयमा फर्किने आशा पनि प्रकाशले व्यक्त गरेका छन् ।

प्रकाशले केही दिन अगाडि ‘के यो देश मेरो होइन र’ बोलको गीतको भिडियो सार्वजनिक गरेका थिए ।  ।यो गीत अहिले पनि युटुबको ट्रेण्डिंगमै छ  ।

प्रतिकृया दिनुहोस्