काठमाडौं - क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिगमा दिपेन्द्रसिंह ऐरीको टिम मोन्ट्रेल टाइगर्सले सन्दिप लामिछानेको टिम सुर्रेलाई विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुर्रेले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३६ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको सुर्रेले मात्र नौं रन हुँदा पहिलो विकेट गुमायो ।
उसका ओपनर एलेक्स हल्स मात्र एक रनमा आउट भए । त्यसपछि लगत्तै अर्का ओपनर लिटोन दाशपनि ब्यक्तिगत नौं रनमा पेभेलियन फर्किदा सुर्रेको स्कोर ४४ रन थियो । उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसको स्कोर १० ओभर एक बलमा ६६ रन हुँदा चार विकेट गुमेको थियो ।
त्यसपछि सुर्रेले ९२ रन बनाउँदा ६ विकेट खेर फाल्यो । सुर्रेको टिमका लागि जतिन्दर सिंहले २७ रन बनाए भने पारगत सिंहले १३ तथा बेन कटिङले १० रनको योगदान गरे । यस्तै कप्तान इफ्तकिार अहमदले ४० रनको योगदान गरे ।
अर्को नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीको टिम मोन्ट्रेलका लागि बलिङमा सकिब अल हसनले तीन तथा अब्बार अफ्रिदीले दुई विकेट लिए । बलिङमा दिपेन्द्रले भने मौका पाएनन् । सन्दिपको टिमका लागि डिलोनले अविजित रनको योगदान गरे ।
ग्लोबल टी २० लिगको डेब्यु खेलमा दिपेन्द्रले २८ रनको योगदान गरे । उनले २२ बलमा दुई चौकाको मद्दतले सो रन बनाएका हुन।
जवाफमा मोन्ट्रेलले १८ ओभर तीन बलमा पाँच विकेट गुमाउँदै पुरा गर्यो ।
उसले पनि सुरुवात भने राम्रो गर्न सकेको थिएन । २५ रनमा पहलिो विकेट गुमाएको टाइगर्सले ५४ रनमा दोस्रो तथा ६२ रनमा तेस्रो विकेट खेर फालेको थियो ।
यस्तै ७१ रनमा चार विकेट खेर फालेको उसले एक सय २४ रनमा पाँच विकेट गुमाएको थियो । उसका लागि सकिब अल हसनले २६ रन बनाउँदा कप्तान क्रिस लियोनले २२ तथा ऐरीले २८ रनको योगदान गरे । यस्तै मुहम्म्द वासिमले १२ रन बनाए । दिपप्रित सिंहले अविजित २८ रनको योगदान गरे ।
बलिङमा सन्दिप लामिछानेले चार ओभरमा १७ रन दिएर दुई विकेट लिए । उनले सकिब अल हसन र ऐरीको विकेट लिएका थिए ।