×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रहरीलाई पसलमा आश्रय दिने जानकीलाई क्षतिपूर्ति दिन सिडिओले पहल गर्ने

प्रहरीलाई पसलमा आश्रय दिने जानकीलाई क्षतिपूर्ति दिन सिडिओले पहल गर्ने

काठमाडाैँ- प्रहरीलाई आन्दाेलनकारीबाट जाेगाउने बुद्धनगरकी जानकीको पसलमा पुगेकाे क्षतिकाे काठमाडाैँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी र काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले निरीक्षण गरेका छन् । 

निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी रिजालले जानकीकाे पसलमा भएकाे क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई पत्राचार गर्ने बताएका छन् ।

‘कति क्षति भएको छ । त्यसको विवरण संकलन गरिरहेका छौँ । प्रारम्भिक मुचुल्का भइसकेको छ’, उनले भने, ‘यो विषयमा हामीले हाम्रो तालुक मन्त्रालयमा जानकारी गराउँछौँ । त्यसपछि केही न केही सम्बोधनचाहिँ होला ।’

निरीक्षणका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक गिरीले प्रहरीको तर्फबाट जानकीलाई धन्यवाद दिएका थिए ।

प्रतिकृया दिनुहोस्