×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महजोडीको फिल्म ‘महापुरुष’को पहिलो गीत रिलिज

महजोडीको फिल्म ‘महापुरुष’को पहिलो गीत रिलिज

काठमाडौं- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिबार परेको बाबुको मुख हेर्ने दिनको अवसरमा ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीत सम्पूर्ण बुबाहरुप्रति समर्पित देखिन्छ । नवराज पराजुलीका शब्दले बाबु र छोरालाई भावनात्मक रुपमा जोड्छन । गीतमा रिदम कँडेलको संगीत र स्वर छ ।

गीतको भिडियोमा हरिवंशका साथै रविन्द्र सिंह बानियाँ र डेब्यु अभिनेता अरुण क्षेत्री फिचर्ड छन् । चलचित्रमा हरिवंश र अरुण बाबु–छोराको भूमिकामा छन् । दुईको केमेस्ट्रीले दर्शकसंग अन्तरक्रिया गर्न सक्छ ।

प्रतिकृया दिनुहोस्