×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रचण्ड आज रोल्पा जाँदै

प्रचण्ड आज रोल्पा जाँदै

काठमाडौँ- वैशाख ३० का लागि घोषणा भएको स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरूको देश दौडाहा तीव्र बन्न थालेको छ । सत्तादेखि प्रतिपक्षी दलहरू चुनावी अभियानसहित नागरिकको घरदैलोमा विभिन्न अभियानका कार्यक्रम लिएर गइरहेका छन् । 

सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरू अहिले अर्को दलका नेता-कार्यकर्ता आफ्नो दलतिर तान्न र नागरिकलाई आफ्नो दलतर्फ खिच्न जनसभालगायतका विभिन्न कार्यक्रम लिएर गाउँ-शहरमा सक्रिय बन्न थालेका छन् ।

यसै क्रममा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज  रोल्पा जाँदैछन् । रोल्पा नगरपालिकाले युद्ध पर्यटनलाई मद्दत पुर्‍याउने गरी निर्माण गरेको जनयुद्ध स्मृति टावरको उद्घाटन गर्नका लागि प्रचण्ड रोल्पा जान लागेका हुन् ।

करिब ६ करोडको निर्माणमा बनेको यस टावरमा १० वर्षे सशस्त्र विद्रोहको क्रममा शहीद भएका एक हजार भन्दा बढी शहीदको नाम राखिएको छ भने कतिपयको सालिक पनि बनाइएको छ । टावरको उद्घाटन पछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्