×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंको थलीमा एक पुरुष शंकास्पद अवस्थामा शव फेला

काठमाडौंको थलीमा एक पुरुष शंकास्पद अवस्थामा शव फेला

काठमाडौं - काठमाडौंको थलीमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव पहिचान नभएको प्रहरीले जनाएको छ ।

थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको छ 

शंकास्पद अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने लगायतका काम गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्