×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘प्रधानमन्त्री आफैँ संसद्‌मा उभिएर आफ्नै शैलीमा एसपीपी हुँदैन हुँदैन हुँदैन भन्नुपर्छ’ : गगन

‘प्रधानमन्त्री आफैँ संसद्‌मा उभिएर आफ्नै शैलीमा एसपीपी हुँदैन हुँदैन हुँदैन भन्नुपर्छ’ :  गगन

काठमाडाैँ- सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले अमेरिकी-नेपाली सेना फाेर्सबीच हुने भनिएकाे स्टेट पार्टरसीप प्राेग्राम [एसपीपी] देशकाे हितनमा नभएकाे बताएका छन् । बुधबारकाे संसद्‌मा बाेल्दै उनले भनेका छन्, ‘सामरिक कुराहरूमा शक्ति राष्ट्रसँग हामी छेउमा पनि जानु हुँदैन । यसमा सचेत रहाैँ ।’

उनले यसकाे जवाफ प्रधानमन्त्री आफैँ संसद्‌मा उभिएर दिनुपर्ने बताएका छन् । उनले भने, ‘यसबारे प्रधानमन्त्रीजीले यहीँ उभिएर जवाफ दिनुपर्छ । आफ्नै शैलीमा हुँदैन, हुँदैन हुँदैन भनेर भन्नुपर्छ । त्यसपछि यसबारे भएका शङ्का, आशङ्का सबै जानेछन् ।’

प्रतिकृया दिनुहोस्