×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सवारी चालक अनुमतिपत्रको काम राष्ट्रिय परिचयपत्रले गर्ने

सवारी चालक अनुमतिपत्रको काम राष्ट्रिय परिचयपत्रले गर्ने

काठमाडौं - राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले साउनदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बोक्नु नपर्ने भएको छ । सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम केही दिनमै सम्पन्न हुने बताउँदै १ साउनदेखि  चालकले आफ्नो सवारी लाइसेन्स नबोकेर राष्ट्रिय परिचयपत्र बोके पुग्नेछ ।

यो व्यवस्था लागु भएपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले सवारी चालकको सबै विवरण हेर्न सक्ने  यातायात व्यवस्था विभागले जनाएको छ ।

सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्ने सरकारी योजना अनुसार सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । 

प्रतिकृया दिनुहोस्