×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौँ : शिक्षामन्त्री पौडेल

विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौँ : शिक्षामन्त्री पौडेल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन् ।

शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले विश्वविद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने बताए । 

मन्त्री पौडेलले शिक्षाको सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरू राम्रो हुनुपर्ने बताए । मन्त्री पौडेलले नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्ने बारेमा विज्ञहरूसँग मन्त्रालय छलफल गरिरहेको पनि बताए । नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीहरूको लहर चलेको भन्दै नेपालमै उच्च शिक्षा प्रदानमा कतै त्रुटि भइरहेको पनि बताए ।

मन्त्री पौडेलले शंकरदेव क्याम्पसलाई अध्ययनका लागि आवश्यक स्थान उपलब्ध गराउने कुरामा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता समेत जनाए ।

उनले शिक्षाबिना केही राम्रो नहुने समेत बताए । मन्त्री पौडेलले शैक्षिक संस्थाहरूको पूर्वाधार विकासमा जोड दिन सरकार लागिरहेको बताए ।

 

प्रतिकृया दिनुहोस्