काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को औपचारिक भारत भ्रमणकै गएकै बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह भारत गएको विषयले यतिबेला सामाजिक सञ्जाल तातेको छ । शाह मात्रै होइन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि यति बेला कामको सिलसिलामा भारतको मुम्बईमा हुनुहुन्छ ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणकै अवसरमा यी दुई पछिल्लो समयमा चिर्चित राजनीतिज्ञको भारत भ्रमणलाई लिएर टिकाटिप्पणी हुन थालेको छ । काठमाडौँ महानगरका मेयर शाह भने आफ्नो पीएचडीका लागि कागजपत्र लिन बैंग्लोर गएको बुझिएको छ ।
मेयर शाहले काठमाडौँ विश्वविद्यालयबाट पीएचडी गर्न लागेको र आवश्यक कागजात लिन आफू अध्ययन गरेको कलेजमा गएको जानकारी प्राप्त भएको छ ।
काठमाडौँ विश्वविद्यालयले कागजपज्ञ बुझाउने अन्तिम दिन जेठ १९ अर्थात आजलाई तोकेको हुनाले मेयर शाह श्रीमतीसहित भारत गएका हुन।
मेयर शाहले कन्जरभेसन अफ नेवा स्ट्रक्चर अफ काठमाडौँ भ्याली टु प्रमोट टुरिजम एण्ड इकोनोमी विषयमा पीएचडी गर्दै छन् ।