×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गोकर्णेश्वरमा घरदैलो खोप अभियान शुरु

गोकर्णेश्वरमा घरदैलो खोप अभियान शुरु

काठमाडौँ- गोकर्णेश्वर नगरपालिकाले ज्येष्ठ नागरिक‚ अपाङ्गता भएका र अशक्तहरूका लागि घरदैलो अभियान शुरु गरेको छ । कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूलाई गोकर्णेश्वर नगरपालिकाले आजबाट ‘घरदैलो खोप अभियान’ शुरु गरेको हो ।

No description available.

नगरप्रमुख सन्तोष चालिसे, वडा नं ६ का वडाध्यक्ष रमेश अर्याल, नगरपालिकाका स्वास्थ्य प्रमुख हरिप्रसाद उपाध्याय लगायत स्वास्थ्यकर्मीको टोलीले आज वडा नम्बर ६ को विभिन्न स्थानबाट यो अभियान शुरु गरेका हुन् ।

No description available.

आजबाट अभियान शुरु भएको र अब यो अभियान नगरपालिकाको सबै वडामा सञ्चालन हुने नगर प्रमुख चालिसेले बताए । खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने उल्लेखित समूहको आ-आफ्नो वडामा नाम लेखाउनसमेत उनले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्