×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युक्रेनमा अस्थायी युद्धविरामकाे घाेषणा

युक्रेनमा अस्थायी युद्धविरामकाे घाेषणा

रुसले युक्रेनमा फेरि अस्थायी युद्धविराम घाेषणा गरेकाे छ । रुसी सशस्त्र सेनाले युक्रेनको राजधानी किएभ, मारिउपोल, खार्किभ तथा सुमी शहर छोड्नका लागि युद्धविराम घोषणा गरिएको जनाएकाे छ । उक्त युद्धविराम स्थानीय समयानुसार बिहान १० बजे सुरु हुने रुसको रक्षा मन्त्रालयले जनाएको छ । 

विपत्तिजनक मानवीय अवस्था र किएभ, खार्किभ, सुमी र मारिउपोल शहरहरूमा यसको तीव्र उग्रतालाई ध्यानमा राख्नुका साथै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गरेको व्यक्तिगत अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सशस्त्र सेनालाई मानवीय उद्देश्यका लागि युद्धविराम घोषणा गर्न निर्देशन दिएकाे बताइएकाे छ । 

यसअघि पनि रुसले युद्धविराम घाेषणा गरे पनि आक्रमण राेककाे थिएन । युक्रेनी अधिकारीहरूका अनुसार रुसले युद्धविराम गर्ने सहमति गरेको समयमा पनि गोलाबारी कायम राखेको थियो । रुसकाे पछिल्लाे युद्धविरामकाे घाेषणाबारे युक्रेनकाे प्रतिक्रिया आइसकेकाे छैन । 

प्रतिकृया दिनुहोस्