×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राष्ट्रपति भण्डारीद्धारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

राष्ट्रपति भण्डारीद्धारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांगेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा परमादेश जारी भएकै दिन भण्डारीबाट राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएको छ । 

संघीय संसदका महासचिव डा। भरतराज गौतमले सूचना जारी गरेर राष्ट्रपति भण्डारीबाट राष्ट्रिय सभाको अन्त्य भएको जनाएका छन् ।

“राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०७८/०३/२८ को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन २०८७ असार २८ गते सोमवार दिन १२ बजेदेखि अन्त्य भएकाले मिति २०७८ असार २९ गते मंगलवार दिनको ३ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक समेत स्वतः अन्त्य भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ३ को उपनियम ९२० बमोजिम प्रतिबन्धात्मक वाक्यांश बमोजिम यो सूचना प्रकाशित गरिएको छ, सूचनामा उल्लेख छ ।

217053906_1277214686028991_885016713034629344_n.png

 

प्रतिकृया दिनुहोस्