×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेश प्रमुखहरू खापुङ, परियार र जोशीले लिए शपथ

प्रदेश प्रमुखहरू खापुङ, परियार र जोशीले लिए शपथ

काठमाडौँ- प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रदेश नं. १ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीलाई शपथ ग्रहण गराएकी हुन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले कात्तिक २३ गते खापुङ, परियार र जोशीलाई नियुक्त गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्